मोटरसाइकलको ठक्करबाट मृत्यु, अस्पतालमै बसेर न्यायको पर्खाइमा दुर्घटनाका घाइते दम्पती

४ बर्ष अगाडि

काठमाडौं - ओखलढुङ्गामा मोटरसाइकलको ठक्करबाट घाइते महिलाको उपचारका क्रममा मृत्यु भएको छ । 

जिल्लाको सिद्धिचरण राजमार्गस्थित ताराबारीमा मानेभञ्ज्याङ गाउँपालिका–५ का रेवतबहादुर पुलामी मगरले चलाएको बा ३६ प ३५२२ नंको मोटरसाइकलको ठक्करबाट सोही ठाउँकी मानबहादुर मगरकी श्रीमती अन्दाजी ५१ वर्षीया कृष्णमाया घाइते भएकी थिइन् ।

बुधबार दुर्घटनामा घाइते मगरको ओखलढुङ्गा सामुदायिक अस्पताल मिसनमा उपचारका क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लङ्क श्रेष्ठले जानकारी दिए । 

अस्पताल बसेरै न्यायको पर्खाइमा दुर्घटनाका घाइते दम्पती
विराटनगरको रिजाल ग्यास इण्डस्ट्रिजको ट्रकले छ महिनाअघि ठक्कर दिँदा गम्भीर घाइते भएका यहाँका एक दम्पती अहिलेसम्म अस्पतालमै बसेर न्यायको पर्खाइमा छन् ।

शिवसताक्षी नगरपालिका–२ निवासी घाइते दम्पती यामबहादुर श्रेष्ठ र सनम श्रेष्ठ उपचारका क्रममा बिर्तामोडको बिएण्डसी हस्पिटलमा छन् । उनीहरुले आफूलाई घाइते बनाउने ट्रक सञ्चालकबाट उपचार खर्च तिर्न लगाउन र भरणपोषणका लागि क्षतिपूर्ति दिलाउन माग गरेका हुन् ।

उपचार खर्च व्यहोर्नुपर्छ भनेर ट्रक धनी तथा रिजाल ग्याँस इण्डस्ट्रिजका सञ्चालक नवीन रिजाल सम्पर्कमा नआउनुभएको घाइते यामबहादुरका भाइ खेमबहादुरले बताए । 

वि.सं २०७७ फागुन १९ गते कनकाईको सुरुङ्गास्थित महेन्द्र राजमार्गमा रिजाल ग्याँसको को१ख १६८४ नंको ट्रकले प्रदेश १–०१–००१च०१६७ नंको कार र प्रदेश १–०१–०१३ प १७८३ नंको मोटरसाइकललाई ठक्कर दिँदा कारमा सवार दुई जनाको मृत्यु भएको थियो भने मोटरसाइकलमा रहेका दम्पती गम्भीर घाइते भएका थिए । 

श्रेष्ठ दम्पतीको उपचारमा लागेको खर्च रु ४४ लाख पुगिसकेको छ । त्यसमध्ये रु ११ लाख परिवारका तर्फबाट व्यहोरिएको छ । घाइते पक्षले पूरै उपचार खर्च ट्रक सञ्चालकले व्यहोर्नुपर्ने माग गरेको छ । 

दुर्घटनालगत्तै ट्रक सञ्चालक पक्षबाट घाइतेको उपचारमा रु दुई लाख जम्मा गरेको र त्यसपछि फोन गर्दासमेत सम्पर्कमा नआएको पीडित पक्षको गुनासो छ । त्यहीकारण क्षतिपूर्ति र उपचार पाऊँ भन्ने माग गर्दै श्रेष्ठ परिवारका पक्षबाट जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको घाइतेका मामा कृष्णकुमार राईले बताए ।

४ बर्ष अगाडि

प्रतिक्रिया