एनएमबि क्यापिटलका दुई म्युचुअल फण्डको मूल्य नेप्सेमा समायोजन

४ बर्ष अगाडि

काठमाडौं- एनएमबि क्यापिटलले व्यवस्थापन गरेका दुई फण्डको इकाईमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ।

शुक्रबार एनएमबि हाइब्रिड फण्ड एल १ र एनएमबि ५० को इकाईमूल्य समायोजन भएको हो।

यस दिन नेप्सेले एनएमबि हाइब्रिड फण्ड एल १ को २० प्रतिशत नगद लाभांश समायोजन गरेको हो भने एनएमबि ५० को ३० प्रतिशत नगद लाभांश समायोजन गरेको हो।

समायोजनपश्चात एनएमबि हाइब्रिड फण्ड एल १ को इकाई मूल्य ११ रुपैयाँ ८० पैसा कायम भएको छ भने एनएमबि ५० को १२ रुपैयाँ ५३ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इकाईमूल्य समायोजन गरेको हो। बिहीबार एनएमबि हाइब्रिड फण्ड एल १ को इकाई प्रतिकित्ता १३ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको थियो। त्यस्तै, सो दिन एनएमबि ५० को प्रतिकित्ता १५ रुपैयाँ ५३ पैसामा अन्तिम कारोबार भएको थियो।

४ बर्ष अगाडि

प्रतिक्रिया