विश्वकप छनोट : अर्जेन्टिनाको सानदार जित, ब्राजिल उरुग्वे र कोलम्बिया बराबरीमा रोकियो

४ बर्ष अगाडि

एजेन्सी - फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोट खेल अन्तर्गत अर्जेन्टिनाले भेनेजुएलालाई ३-१ गोलले पराजित गरेको छ ।

भेनेजुएलामा शुक्रवार खेलिएको खेलमा अर्जेन्टिनाका लाउटारो मार्टीनेजले खेलको ४५औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । त्यस्तै दोस्रो हाफको ७१औं मिनेटमा जोवाक्वीन कोरिया तथा खेलको ७४औं मिनेटमा एन्जल कोरियाले गोल गर्दा अर्जेन्टिनाले खेलमा तीन गोलको अग्रता लिएको थियो ।

यस्तै चिली सँग ब्राजिल गोलरहित बराबरीमा रोकिएको छ । साथै पेरु सँग उरुग्वे १-१ को बराबरीमा रोकिएको छ भने बोलिभिया पनि कोलम्बिया सँग १–१ गोलको अन्तरले बराबरीमा रोकिएको छ । 

 

४ बर्ष अगाडि

प्रतिक्रिया