एजेन्सी - अमेरिकामा आएको आइडा नामक आँधीबाट कम्तीमा ४६ जनाको मृत्यु भएको छ । बिहीवार साँझसम्ममा न्युजर्सीमामात्र २३ जनाको मृत्यु भएको सिएनएनले जनाएको छ ।
समुन्द्री आँधीले कनेटिकट, मेरिल्याण्ड, न्युयोर्क, फिलाडेल्फिया र न्युजर्सीका क्षेत्रहरुमा क्षति पुर्याएको बताइएको छ । यस्तै अविरल वर्षाका कारण न्युयोर्कमा एकै परिवारका तीन जना नेपालीको मृत्यु भएको छ ।
अमेरिकाबाट सञ्चालित नेपाली अनलाइन एभरेस्ट टाइम्स र इनेप्लिजले घटनाबारे समाचार प्रकाशन गरेको छ । घटनामा परी सोलुखुम्बु जुनबेसीका ४९ वर्षे आङगेलु लामा, उनकी श्रीमती मिङ्मा याङजी र उनीहरुका १९ महिने छोराको मृत्यु भएको उल्लेख गरिएको छ ।
प्रतिक्रिया