कांग्रेसको वडा अधिवेशन आजबाट सुरु, जिल्ला अधिवेशन असोज ५ गते

४ बर्ष अगाडि

काठमाडौं - काठमाडौं नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनअन्तर्गत आजदेखि गाउँ नगर वडा अधिवेशन प्रारम्भ हुँदैछ । क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका वडामा वडा अधिवेशन हुन लागेको हो । 

बाँकी २१ जिल्लाको क्रियाशील सदस्यता नामावली क्रमशः प्रकाशित हुँदै जाने र यही भदौ २७ गते निर्धारित गाउँरनगरपालिका अधिवेशनसम्म सबै वडाको अधिवेशन सम्पन्न हुने कांग्रेसले जनाएको छ ।

करिब नौ लाखको संख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँरनगर वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले वडाको वडासमिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्ने कांग्रेस विधानमा उल्लेख छ ।

वडा अधिवेशनले सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुई गरी सात पदाधिकारी निर्वाचित गर्ने व्यवस्था छ । मुलुकभरका सबै ६ हजार ७ सय ४३ वडामा अधिवेशन सम्पन्न हुँदा ४७ हजार २ सय १ पदाधिकारी र सदस्य एक लाख २१ हजार ६ सय ८१ निर्वाचित हुने कांग्रेसले जनाएको छ ।

त्यस्तै देशभरका वडाबाट एक लाख १४ हजार ५ सय ७५ क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् । कांग्रेसको गाउँपालिका, नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनरएकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते हुनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया