विभिन्न ४ कम्पनीको शेयर नेप्सेमा समायोजन, कुनको कति कित्ता ?

४ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ४ वटा कम्पनीको सेयरमूल्य समायोजन भएको छ । अपि पावर कम्पनी लिमिटेड, ङादी ग्रुप पावर कम्पनी लिमिटेड, एनएमबि हाइब्रिड फण्ड एल १ र एनएमबि ५० को मूल्य समायोजन भएको हो ।

अपि पावर कम्पनी लिमिटेड कम्पनीको १०.५ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ४ सय ७८ रूपैयाँ ७३ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ५ सय २९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

यस्तै ङादी ग्रुप पावर कम्पनी लिमिटेड कम्पनीको २० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ८ सय ७ रूपैयाँ ५० पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले यसको पनि बिहीबारको अन्तिम कारोबार मूल्य ९ सय ६९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

एनएमबि हाइब्रिड फण्ड एल १ फण्डको पनि २० प्रतिशत लाभांश पछि नेप्सेले प्रतिइकाई ११ रूपैयाँ ८० पैसा कायम हुने गरी इकाईमूल्य समायोजन गरेको छ । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य १३ रूपैयाँ ८० पैसाका आधारमा नै मूल्य समायोजन गरेको हो ।

साथै एनएमबि ५० फण्डको ३० प्रतिशत लाभांश पछि नेप्सेले प्रतिइकाई १२ रूपैयाँ ५३ पैसा कायम हुने गरी इकाईमूल्य समायोजन गरेको छ । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य १५ रूपैयाँ ५३ पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया