'एनएमबि सरल बचत फन्ड-ई' मा २० हजार बढीले दिए आवेदन, कहिलेसम्म दिन सकिने आवेदन ?

४ बर्ष अगाडि

काठमाडौं-  एनएमबि क्यापिटल लिमिटेडले आज( बिहीबार) बाट बिक्री खुल्ला गरेको 'एनएमबि सरल बचत फन्ड–ई' मा पहिलो दिन २० हजार जना लगानीकर्ताले आवेदन दिएका छन् ।

एनएमबि क्यापिटलका अनुसार बिहीबार साँझ साढे ५ बजेसम्ममा २० हजार २ सय ४१ जना लगानीकर्ताहरूले ९८ लाख १२ हजार ५ सय १० इकाईका लागि आवेदन दिएका हुन् ।

एनएमबि म्युचुअल फन्ड अन्तर्गत सञ्चालित हुने यस फण्डले प्रतिइकाई १० रूपैयाँ मूल्य अंकित दरमा १० करोड इकाईको ४० प्रतिशत अर्थात ४ करोड इकाई प्रथम चरणमा निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये १४ प्रतिशत इकाई अर्थात १ करोड ४० लाख इकाइ कोष प्रवर्द्धक एनएमबि बैंकलाई तथा १ प्रतिशत १० लाख इकाई योजना व्यवस्थापक एनएमबि क्यापिटललाई सुरक्षित राखी बाँकी २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको छ । 

एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस फण्डको इकाईमा भदौ २१ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा भदौ ३१ गतेसम्म आवेदन म्याद थप गरिनेछ।

यस खुलामुखी फण्डको इकाईमा लगानीकर्ताले प्रतिइकाई १० रुपैयाँको दरले न्यूनतम १०० इकाईदेखि अधिकतम ४० लाख इकाईका लागि आवेदन दिन सकिनेछ। धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट आवेदन दिन सक्नेछन्।

४ बर्ष अगाडि

प्रतिक्रिया