हलिउडका १० सबैभन्दा महंगा कलाकार : ‘द रक’ लाई पछि पर्दै डेनियल क्रेग पहिलो स्थानमा, कुनको कमाई कति ?

४ बर्ष अगाडि

काठमाडौं- ‘भेराइटी म्यागजीन’ ले गत वर्ष सर्वाधिक कमाई गर्ने हलिउड कलाकारको सूची सार्वजनिक गरेको छ । जसमा ‘जेम्स बोन्ड’ एक्टर डेनियल क्रेगले कमाईमा सबैलाई उछिनेका छन् । उनले सय मिलियन डलरको कमाई गरेका छन् । फिल्म ‘नाइभ्स आउट’ मा लिएको पारिश्रमिकका कारण उनलाई पहिलो स्थान मिलेको हो । उनी अभिनीत फिल्म ‘नो टाइम टू डाइ’ रिलिजको तयारीमा छ ।
 
सर्वाधिक कमाई गर्ने अभिनेताको दोस्रो नम्बरमा ड्वेन जोनसन ‘द रक’ छन् । ड्वेनको कमाई डेनियलको भन्दा ठ्याक्कै आधा छ । उनले गत वर्ष ५० मिलियन डलरको कमाई गरेको म्यागजीनमा उल्लेख छ । २०१९ मा भने उनको कमाई ८७.५ मिलियन थियो । 
 
त्यस्तै, तेस्रो नम्बरमा ४० मिलियन डलर कमाउँदै विल स्मिथ र डेन्जेल वासिङटन, चौथो नम्बरमा ३० मिलियन डलरका साथ लियोनार्डो डिक्याप्रिओ र मार्क वाह्लबर्ग, पाँचौं नम्बरमा २५ मिलियन डलरको कमाई गर्दै जूलिया रोबर्ट्स र जेनिफर लरेन्स, २० मिलियन डलरका साथ छैठौं नम्बरमा रायन गोस्लिङ रहेका छन् भने ब्रान्ड पिट २० मिलियन डलर कमाउँदै सातौं स्थानमा छन् ।
 
क्रिस हेम्सवर्थले २० मिलियन डलरको कमाई गर्दै म्यागजीनको आठौं नम्बरमा आफ्नो स्थान बनाएका छन् । गत वर्ष १३ मिलियन डलर कमाउँदै मानिने टम क्रूज नवौं स्थानमा छन् । दशौं स्थानमा १२ मिलियन डलर कमाउँदै कीनू रीव्स छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया