मन्दिर परिसरमा  शिशु जन्माएकी महिलामा मानसिक समस्या

४ बर्ष अगाडि

भदौरे झरी । रातको समय ।  आकाश सफा नै थियो । जिल्लाको प्रसिद्ध धार्मिकस्थल – शम्भुनाथ मन्दिर । शम्भुनाथ नगरपालिका–३ स्थित सो मन्दिर परिसरमा गत शनिबार रातभर एक महिला छट्पटाइ रहिन् ।

पुजा सामग्री बेच्न राखिएको खाटमा करिब ३०÷३२ वर्षीया ती महिला प्रसव पीडाले चित्कार  गरिरहेकी थिइन् । स्थानीयवासी सीताराम खंगले भने,“नवजात शिशु चिच्याइरहेको आवाज आयो ।  बाहिर निक्लिएँ । शिशु एकातिर ,महिला अर्कोतिर रहेछन् ।  तत्काल सहयोगका लागि सबैसँग आग्रह गरेँ । ”

यसैगरी बेनिराम ठाकुर मन्दिरका पुजारी शिवनाथ ठाकुरलाई पनि शिशुको आवाजले तान्यो । उनले भने,“ शिशु भुइँमा र महिला एक छेउमा काँपिरहेकी थिइन् । एकोहोरो रोएको शिशुलाई ध्यान दिन आग्रह गरेँ ।” उहाँका अनुसार शिशुको सालनाल बाँकी  थियो ।

स्थानीयवासी कौशल्यादेवी साहलले तत्काल शिशु र सुत्केरीलाई सहयोग गरे । ती सुत्केरी विवाहिता हुन् वा अविवाहिता, कसैलाई थाहा छैन ।

 ती महिला यसअघि शम्भुनाथमा नदेखिएकोे व्यवसायी सम्पत मण्डलले बताए । गर्भावस्था र प्रसूति अवस्था आफैँमा शारीरिक एवं मानसिक हिसाबले जटिल अवस्था हो । यस चरणमा विभिन्न किसिमको समस्याबाट गुज्रिनुपर्ने हुन्छ । 

नर्स सुनिता यादवका अनुसार शिशु जन्माइसकेपछि महिलामा मानसिक समस्या देखिन्छ ।  ती सुत्केरी पहिलेदेखि मानसिकरूपमा अस्वस्थ रहेको बताइएको छ । समाजसेवी जिबु सदाले भने, “ एक दिन अगाडिसम्म महिला ट्राफिक चोकका  माग्दै हिँडेकी थिइन् । ” उनका अनुसार ती महिलाको मानसिक सन्तुलन ठीक छैन ।

गर्भावस्थामा पूर्वपश्चिम राजमार्गस्थित कल्याणपुर, बिसनपुर चोकमा भौँतारिएर हिँडेको देखिएको अनबर अलीले जानकारी दिए । 

रातका समयमा कष्टप्रद रुपमा सुत्केरी भएकी तिनलाई प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले  गजेन्द्रनारायण सिंह अस्पतालमा पु¥याउने व्यवस्था मिलाएका थिए । मानव सेवा आश्रमलगायत संस्थाले सडक आश्रितलाई उद्धार जारी राखेका छन् ।  

अहिले पनि दैनिक नयाँनयाँ मानसिक रोगी तथा सडक बालबालिका र महिला सडकमा आउने  क्रम रोकिएको छैन । अधिकांश मानसिक समस्या भएका महिला सडकमै सुत्केरी हुने बताइएको छ । स्थानीय तहले सडक आश्रितको तथ्याङ्क सङ्कलन र चासो नराखेको इन्सेक प्रतिनिधि मनोहर पोखरेलले बताए । 

अहिले पनि मानसिक सन्तुलन गुमाएर सडक किनार, चोक र पसलपसल चहार्नेको सङ्ख्या जिल्लामा ६० भन्दा बढी रहेको नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले जानकारी दिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया