काठमाडौं,साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ५०.१३ अंक घटेर २९२६.८९ विन्दुमा झरेको हो।
यस दिन सेन्सेटिभ इण्डेक्स ८.९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.९७ अंक घटेको छ।
नेप्सेमा यस दिन २३० कम्पनीको १ लाख ५ हजार ७७५ पटकको कारोबारमा ९ अर्ब ५० करोड ५९ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८१ लाख ९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
कारोबारमा आएका २३० कम्पनीमध्ये २३ कम्पनीको शेयरमुल्य बढेको छ भने १५८ कम्पनीको शेयरमुल्य घटेको छ । यस्तै, ३ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।
घटेको बजारमा यस दिन दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सानिमा लाइफ इन्स्योरेन्स र मनकामना स्मार्ट लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन चन्द्रागिरी हिल्स र खानीखोला हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। यता, नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक र अरुण काबेली पावरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ। जसमध्ये विकास बैंक, जलविद्युत, वित्त र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ। भने जीवन बीमा उपसमूहको परिसूचक २.०२ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन व्यापार, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन पनि अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५७ करोड ४० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, अपि पावरको यस दिन ३२ करोड ९९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।
प्रतिक्रिया