यी ५ कम्पनीको शेयरमुल्य ४ प्रतिशतभन्दा बढीले वृद्धि,दुई कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट लेभमा

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) कारोबारको अन्तिमसम्ममा ५ कम्पनीको शेयरमुल्य ४ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । उकालो लागेका ५ कम्पनीमध्ये २ कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।

आजै नेप्सेमा कारोबारमा  आएको सानिमा लाइफ इन्स्योरेन्सको शेयरमुल्य १० प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु.३३९.९० पुगेको छ भने मनकामना स्मार्ट लघुवित्तको शेयरमुल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु.५०३ पुगेको हो ।

यस्तै, चन्द्रागिरी हिल्सको शेयरमुल्य ५.२३ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु.१ हजार ५९०, खानीखोला हाइड्रोपावरको शेयरमुल्य ५ प्रतिशतले बढेर रु.३९९ र डिप्रोक्स लघुवित्तको शेयरमुल्य ४.३२ अंकले बढेर शेयरमुल्य रु.१ हजार ७८५ पुगेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया