मुक्तिनाथ विकास बैंकको साढे १२ लाख ऋणपत्र नेप्सेमा सूचीकृत

४ बर्ष अगाडि

काठमाडौं, मुक्तिनाथ विकास बैंकको ऋणपत्र बिहीवार नेपाल स्टक एक्सचेञ्ज(नेप्सेमा) सूचीकृत भएको छ ।

कम्पनीको १२ लाख ५० हजार इकाई ऋणपत्र सूचीकृत भएको हो । अव यो ऋणपत्र आइतबार देखि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा २०८४/८५ सम्मका लागि निष्कासन गरेको ऋणपत्र सूचीकृत गराएको हो ।

उक्त कम्पनी र नेपाल स्टक एक्सचेञ्ज बीच बिहीवार सूचिकरण सम्झौता भएसँगै आगामी आइतवारदेखि उक्त ऋणपत्र कारोबारमा आउनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया