काठमाडौं - नेपाल इन्भेष्टर्स फोरमका लगानीकर्ताहरू सेयर धितो कर्जाको सीमा खारेजीको माग गर्दै अर्थ मन्त्रालय पुगेका छन् । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, निवर्तमान अध्यक्ष छोटेलाल रौनियार, उपाध्यक्ष राजन लम्साल र महासचिव दुर्गा तिवारी एक विज्ञप्तिसहित अर्थ मन्त्रालय पुगेका हुन् ।
नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति, २०७८ र एकीकृत निर्देशिकाले सेयर धितो कर्जाको सीमालाई १२ करोडमा सिमित गर्दै सो १२ करोड पनि ३ वटा बैंक तथा वित्तीय संस्थाबाट लिनपर्ने व्यवस्था गरेको छ ।
यो सीमाका कारण लगानीकर्ताहरूले सेयर बिक्री गरी ॠण चुक्ता गर्दा सेयर बजारमा प्रत्यक्ष दवाव सिर्जना भई धेरै दिनदेखि सेयर बजारमा निरन्तर रूपमा गिरावट आएको उनीहरूले अर्थमन्त्री जनार्दन शर्मालाई बुझाएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया