काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) कारोबारको तेस्रो घण्टाको अवधीसम्म नेपाल स्टक एक्सेन्च(नेप्से) परिसुचक २९.६० अंकले ओरालो लागेको छ ।
तीन घण्टाको अवधीमा परिसुचक ०.९९ प्रतिशतले ओरालो लाग्दै २९४७.४२ को बिन्दुमा पुगेको छ ।
सो अवधीसम्म कारोबारमा आएका २२३ कम्पनीको ५८ हजार ५१८ पटक १ करोड २ हजार ८ लाख ८२८ कित्ता खरिद बिक्री हुदाँ ५ अर्ब २६ करोड ९८ लाख बराबरको शेयर कारोबार भएको छ ।
कारोबारमा आएका २२३ कम्पनीमध्ये ३० कम्पनीको शेयरमुल्य बढेको छ भने १४५ कम्पनीको शेयरमुल्य घटेको छ । यस्तै, ८ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।
प्रतिक्रिया