गोरु काट्दै गरेको अवस्थामा पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित ढोक्साङका हरेका छन् ।
२ वटा गोरु काट्दै गरेको अबस्थामा शंखरापुर–३ बोजेनी बस्ने ६५ वर्षीय सन्त बहादुर वाईबासहित पाँच जना पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
बिहिबार बिहान सो ठाउँमा २ वटा गोरु काट्दै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई फेला पारेको थियो । महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको टोलीले करिब ५ सय किलो गोरुको मासु बरामद गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ ।
प्रतिक्रिया