सानिमा लाइफ इन्स्योरेन्सको साढे १० लाख बढी कित्ता खरिदमाग, बिक्रीमाग भने शून्य

४ बर्ष अगाडि

काठमाडौं, आजबाट धितापत्र बोर्डको दोस्रो बजार नेपाल स्टक एक्सेन्च (नेप्से)मा कारोबारको दुई घण्टासम्म आईपुग्दाँ सानिमा लाइफ इन्स्योरेन्सको साढे १० लाख बढी कित्ता शेयर खरिदमाग भएको छ । 

एक बजेसम्म आईपुग्दाँ कम्पनीको १० लाख ६२ हजार १३१ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ । 

यस्तै, सोही अवधीसम्म कम्पनीको ३ सय ७३ कित्ता शेयर खरिद बिक्री भएको छ । सो कित्ता खरिद बिक्री हुदाँ १ लाख १९ हजार ८६१ रुपैंया बराबरको शेयर कारोबार भएको छ । 

कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ । कम्पनीको शेयरमुल्य ३०.९० रुपैंयाले बढेर प्रतिकित्ताको मुल्य ३३९.९० रुपैंया पुगेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया