चर्चित टेलिभिजन कलाकार सिद्धार्थ शुक्लाको निधन

४ बर्ष अगाडि

एजेन्सी - भारतीय टेलिभिजन कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ । टेलिसिरियल बालिका बधुबाट चर्चामा आएका उनको बिहीबार निधन भएको आजतकले जनाएको छ ।

उनको हृदयघातका कारण मृत्यु भएको कुपर अस्पतालले जानकारी दिएको छ । अस्पतालका अनुसार अस्पताल पुग्नु भन्दा अघि नै उनको मृत्यु भएको हो । ४१ वर्षीय शुक्लालाई बिहान हृदयघात भएको थियो ।

उनी आमा र दुई बहिनीसँग बस्थे । शुक्लाले शोबिजमा मोडलिङ गरेर आफ्नो करिअर सुरु गरेका थिए । टेलिभिजन सिरियल ुबाबुलका आंगन छुटे नाुबाट उनले डेब्यु गरेका थिए । उनले 'बालिका बधु', 'दिल शे दिल तक' जस्ता चर्चित टेलिश्रृङ्खलामा अभिनय गरेका छन् । 

उनी भारतको चर्चित रियालिटी शो बिग बोस सिजन १३ का विजेता साथै खत्रोका खेलाडी सिजन ७ का विजेता हुन् । 


 
 

४ बर्ष अगाडि

प्रतिक्रिया