तत्कालीन सरकारले वृद्धि गरेको सुरक्षा भत्ता कार्यान्वयन गर्ने निर्णय

४ बर्ष अगाडि

काठमाडौं - गत आर्थिक वर्षको बजेटमार्फत केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले वृद्धि गरेको सामाजिक सुरक्षा भत्ता कार्यान्वयनमा आउने भएको छ ।  

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा सबै प्रकारको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाउने निर्णय गरेकाले त्यसलाई सरकार परिवर्तन भए पनि वर्तमान सरकारले कार्यान्वयन गर्ने निर्णय गरेको हो । 

उक्त निर्णय  बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको हो । सरकार परिवर्तनपछि अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले ल्याएको बजेटमा केही संशोधनका लागि प्रतिस्थापन विधेयकको तयारी गरेका छन् । 

त्यसमा सामाजिक सुरक्षा भत्ताको विषय भने यथावत् रहने निश्चित भएको छ । बजेटले वृद्धि गरेको भत्ता साउनदेखि नै लागू हुनेछ । प्रत्येक चार महीनामा भत्ता वितरण गरिने भएकाले अब कात्तिकमा लाभग्राहीले बढेको भत्ता एकमुष्ट पाउनेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया