डिप्रोक्स लघुवित्तको २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

४ बर्ष अगाडि

काठमाडौं, डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

कम्पनीले गत आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद लाभांशसमेत गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया