काठमाडौं, आजबाट धितापत्र बोर्डको दोस्रो बजार नेपाल स्टक एक्सेन्च –नेप्से)मा कारोबारमा आएको सानिमा लाइफ इन्स्योरेन्सेको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ । कम्पनीको शेयरमुल्य ३०.९० रुपैंयाले बढेर प्रतिकित्ताको मुल्य ३३९.९० रुपैंया पुगेको छ ।
नेप्सेमा कारोबार सुरु भएको आधा घण्टामै कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको हो । सो अवधीसम्म मार्केट डेपमा कम्पनीको ७ लाख २७ हजार ६७६ कित्ता शेयर खरिद माग भएको छ भने बिक्रीमा माग शून्य रहेको छ ।
कम्पनीको दोस्रो बजारमा कारोबार गर्न पहिलो कारोबारको लागि रू.१०३.१७ देखि ३०९ .५१ ओपन रेञ्ज तोकेकोमा अन्तिम मूल्य रेञ्जमा कारोबार भएको हो । पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।
प्रतिक्रिया