सानिमा लाइफको शेयर कारोबार रू. ३०९ मा खुला

४ बर्ष अगाडि

काठमाडौं, सानिमा लाइफ इन्स्योरेन्सको पहिलो शेयर कारोबार बिहीवारदेखि दोस्रो बजारमा खुला भएको छ ।

कम्पनीको शेयरमूल्य दोस्रो बजारमा प्रतिकित्ता रू. ३०९ मा खुला भएको हो ।  नेप्सेले कम्पनीको दोस्रो बजारमा कारोबार गर्न पहिलो कारोबारको लागि रू. १०३ दशमलव १७ देखि ३०९ दशमलव ५१ ओपन रेञ्ज तोकेकोमा अन्तिम मूल्य रेञ्जमा कारोबार  भएको हो । पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । 

कम्पनीको २ करोड कित्ता शेयर बुधवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा  सूचीकृत भएको थियो । 

कम्पनीले सर्वसाधारणतर्फको ६० लाख कित्ता शेयर र संस्थापकतर्फको १ करोड ४० लाख कित्ता शेयरसमेत गरेर कुल २ करोड कित्ता शेयर सूचीकृत गराएको हो । कम्पनीको सिम्बोल एसएलआई रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया