सानिमा लाईफको आईपीओ आजदेखि दोश्रो बजारमा कारोबार हुने, कति होला ओपनिङ्ग रेञ्ज ?

४ बर्ष अगाडि

काठमाडौं, धितोपत्र दोश्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (बिहीबार) बाट सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ कारोबार आउने भएको छ ।

हिजो कम्पनीको २ करोड कित्ता आईपीओ नेप्सेमा सूचिकृत भएको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १०३ रुपैयाँ १७ पैसादेखि र अधिकतम ३०९ रुपैयाँ ५१ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । कम्पनीले दोश्रो बजारमा कारोबारका लागि SLI सिम्बोल पाएको छ । 

सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन २० गते, बुधबारदेखि साउन २४ गते आईतबारसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया