नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल आज, रंगशालामा  ५ हजार बढि दर्शकहरुले प्रवेश पाउने

४ बर्ष अगाडि

काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टिमले आज भारतसँग पहिलो मैत्रीपूर्ण फुटबलमा प्रतिस्पर्धा गर्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई चिरपरिचित प्रतिस्पर्धीविच अपरान्ह साढे पाँच बजे खेल शुरु हुनेछ । बलियो टिम भारतविरुद्ध मैदान उत्रदा नेपाल जित निकाल्ने लक्ष्यमा छ ।

पछिल्लो पटक भारतसँग २०१७ मा भएको मैत्रीपूर्ण खेलमा नेपाल दुई शुन्यले पराजित भएको थियो । नेपालसँगका १९ खेलमा १३ मा भारतले जित निकालेको छ । दुईमा नेपालले जितेको छ भने चार खेल बराबरीमा टुंगिएका छन् ।

फिफा बरियतामा भारत १ सय पाँच र नेपाल १ सय ६८ औं स्थानमा छन् । माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । दोस्रो खेल आइतबार हुनेछ । साफ च्याम्पियनसिप असोज १५ देखि ३० गतेसम्म आयोजना हुने तालिका छ ।

साथै दर्शक मैदानमा प्रवेशका लागि एन्फाले अनुमति पत्र पाएको छ । नेपाल र भारतबीचको पहिलो खेलका लागि ५ हजार १०० दर्शक मैदान प्रवेशका लागि अनुमति पाएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया