काठमाडौं - अफगानिस्तानबाट उद्धार गरिएका थप नौ जना बुधबार नेपाल आइपुगेका छन् । काबुलमा उद्धार उडानको प्रतीक्षामा रहेकाहरूलाई स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
काबुलमा रहेका सबैसँग सरकार नियमित सम्पर्कमा रहेको पनि उक्त मन्त्रालयले बताएको छ । अफगानिस्तानबाट हालसम्म ८४७ जनाको उद्धार गरिएको र ती सबै स्वदेश आइसकेको मन्त्रालयले बुधबार अपराह्न प्रेस विज्ञप्ति निकालेर जनाएको छ ।
आगमन पछि उनीहरूलाई कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्डअनुसार प्रक्रिया पूरा गरी व्यवस्थापन गरिएको छ ।
प्रतिक्रिया