कतारको एक कम्पनीमा ३५१ नेपाली पुरुष कामदारको माग, मासिक तलब र हवाई टिकटको व्यवस्था के कस्तो ?

४ बर्ष अगाडि

काठमाडौं, कतारले एक कम्पनीले भारी संख्यामा नेपाली कामदारको माग गरेको छ । कतारको MECHANICAL AND CIVIL ENGINEERING CONTRACTORS COMPANY कम्पनीले ३५१ जना नेपाली कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । ओभर टाईमको सुविधा कम्पनीको नियमअनुसार रहेको छ ।

कामदारले तलब खान बस्ने सहित ३२ हजार देखि ३८ हजार पाउनेछन् । इच्छुक कामदारले Mobhira Recuitment Consultancy Services Pvt.Ltd  काठमाडौंमा भदौ २० गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, भिसा स्ट्याम्पीङ शुल्क र स्वदेशमा हुने बिमा खर्च कामदार आफैँले बेहोर्नेु पर्नेछ ।

यस्तै, विदेशमा हुने मेडिकल खर्च ,हवाई टिकट र भिसा शुल्क कम्पनी आफैैले बेहोर्ने छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया