लियोनल मेस्सीले लगाएको बार्सिलोनाको १० नम्बर जर्सी अब आन्सुफाती लगाउने भएका छन् । ६ पटकका बेलोन डि’ अर विजेता मेस्सी यसै सिजन पेरिस सेन्ट जर्माइन गएका थिए ।
त्यससँगै उनले लगाउँदै आएको १० नम्बर जर्सी कसले लगाउँछ भन्ने चर्चा सुरु भएको थियो । बार्सिलोनाले यो जर्सी प्रयोगमै ल्याउदैंन भन्ने अनुमान पनि थियो । तर, यो जर्सी आन्सु फातीलाई दिने निर्णय बार्सिलोनाले गरेको छ ।
धेरै आन्सु फाती पनि मेस्सीजस्तै सफल हुने अनुमान समेत लगाएका छन् । १८ वर्षको उमेरमै यी खेलाडीले बार्सिलोनामा धेरैलाई चकित पारिसकेका छन् । उनले सन् २०१९ यता बार्साको सिनियर टोलीबाट ३१ खेल खेलेका छन् । त्यसक्रममा ११ गोल गरिसकेका छन् ।
यस्तै राडामेल फाल्काओ स्पेनमा फर्किएका छन् । उनले ला–लिगा क्लब रायो भाल्लेकानोसँग सम्झौता गरेका हुन् । उनी २०११ देखि दुई वर्षसम्म क्लबमा रहनेछन् । फाल्काओले विगत एथलेटिको म्याड्रिडबाट खेलेका थिए । उनले दुई सिजन क्लबमा बिताउने क्रममा ७० गोल गरेका थिए । त्यसयता, उनले मोनाको, म्यानचेस्टर युनाइटेड, चेल्सी र गालातासारेबाट खेले ।
२०१९ मा गालातासारेमा आबद्ध भएका फाल्काओले त्यहाँ तीन वर्ष बिताए । तर चोटका कारण कमैमात्र खेल्न पाए, उनले ३४ खेलमा १९ गोल गरे । फाल्काओ कोलम्बियाको फुटबल इतिहासकै उत्कृष्ट स्ट्राइकरमध्ये एक मानिन्छन् । उनले कोलोम्बियाबाट ३५ गोल गरेका छन् ।
प्रतिक्रिया