काठमाडौं, बलिउड अभिनेत्री दीपिका पादुकोणले ‘एक्सएक्सएक्स’ फिल्मबाट हलिउडमा डेब्यू गरेकी थिइन् । उनी फेरि हलिउड फिल्ममा काम गर्ने तयारीमा छन् । अमेरिकाको फिल्म निर्माण कम्पनी ‘एसटिएक्स फिल्म्स्’ ले दीपिकालाई लिएर एक रोमान्टिक(कमेडी फिल्म बनाउन लागेको हो ।
यस कम्पनीका मोसन पिक्चर ग्रुपका अध्यक्ष एडम फोगेलसनले फिल्मको बारेमा जानकारी दिँदै भनेका छन्, ‘दीपिका भारतबाट आएकी ग्लोबल स्टारमध्ये एक हुन् । उनी निकै प्रतिभाशाली छिन् र उनको प्रोफाइल एक अन्तर्राष्ट्रिय सुपरस्टारको रुपमा अगाडि बढिरहेको छ । हामी उनी र टेम्पल हिल प्रोडक्सनसँग एक रोमान्टिक(कमेडी फिल्म निर्माण गर्नका लागि निकै रोमान्चित छौं ।’
करीब ४ वर्षपछि हलिउड फिल्ममा फर्किन लागेकी दीपिकाले एसटिएक्स फिल्म्स् र टेम्पल हिल प्रोडक्सनसँँग सहकार्य गर्न पाउँदा रोमान्चित महशुस गरेको बताएकी छन् ।
प्रतिक्रिया