बुधबार यी ५ कम्पनीका लगानीकर्ताले कमाए सबैभन्दा धेरै, कुनको शेयरमुल्य कति पुग्यो ?

४ बर्ष अगाडि

काठमाडौं, बुधबार नेपाल स्टक एक्सेन्च (नेप्से)मा ५ कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ ।

आज केही दिन यता लगातार ओरालो लागेको रुरु जलविद्युत परियोजनाको शेयरमुल्यमा सबैभन्दा धेरै वृद्धि भएको छ । कम्पनीको शेयरमुल्य ७.५५ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु.१ हजार ४४८ पुगेको छ ।

यस्तै, ओरिन्टल होटलको शेयरमुल्य ६.१४ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु ६०५,युनाइटेड मोदी हाइड्रोपावरको शेयरमुल्य ६.०४ प्रतिशतले बढेर रु.५६२,हिमालयन उर्जा विकासको ६.०२ प्रतिशतले बढेर रु.५२८ र सोल्टी होटलको ५.७३ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु.२७६.९० पुगेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया