ओपोले ए१६ नेपाली बजारमा सार्वजनिक गरेको छ । यूवा लक्षित गरी आकर्षक डिजाइनमा ओपो ए १६ सार्वजनिक गरिएको हो ।
टिक्ने ५ हजार एमएएच ब्याट्री भएको ओपो ए १६मा ६.५२ ईञ्चको एचडी+ आई केयर डिस्प्लेको प्रयोग गरिएको छ । साथै यसमा एआई ट्रिपल क्यामेरापनि दिइएको छ ।
ए१६मा ट्रिपल क्यामेरा जडान गरीएको छ ।
डिजाइन
क्रिस्टल ब्ल्याक, पर्ल ब्ल्यू र स्पेस सिल्भर गरी तीन आकर्षक रंगमा उपलब्ध गरिएको ओपो ए१६मा उपभोक्ताका गोपनियताको सुरक्षार्थ फेसका साथै साइड फिंगरप्रिन्ट रिकग्निशन सुविधापनि दिइएको छ ।
क्यामेरा
ओपो ए१६मा १३एमपी मेन क्यामेराका साथमा २एमपी डेप्थ (बोके) र २एमपी माक्रो क्यामेरापनि उपलब्ध गराएको छ । फोनमा ८एमपी क्षमता सहितधको फ्रण्ट क्यामेरापनि दिइएको छ ।
ब्याट्री र रोम
ओपो ए१६ले प्रयोगकर्तालाई ५ हजार एमएएच क्षमताको लामो समयसम्म टिक्ने ब्याट्रीका साथमा पर्याप्त सञ्चय क्षमतापनि उपलब्ध गराएको छ । ब्याट्रीलाई १००% चार्ज गरिसके पछि ३४ घण्टाको कल टाइम वा २१.०२ घण्टा यूट्यूब भिडियो प्लेब्याकको मज्जा लिन सकिन्छ ।
ए१६मा ३जीबी ¥याम र ३२ जीबी रोमको ब्यवस्था गरिएको छ । साथै, अतिरिक्त सञ्चय क्षमताको आवश्यकता परेमा फोनमा २५६जीबी सम्मको एसडी कार्ड मार्फत सञ्चय क्षमतालाई थप विस्तार गर्ने सुविधापनि फोनमा उपलब्ध रहेको छ ।
बजार उपलब्धता
नेपाली बजारमा ओपो ए१६ अगष्ट महिनाको २९ तारिकदेखि नै उपलब्ध भइसकेको छ । मूल्य रु. १८,९९०।- निर्धारण गरिएको यो फोन नेपाल भर रहेका ओपोका प्रमुख विक्रि केन्द्रहरु मार्फत सहजै खरिद गर्न सकिन्छ ।
प्रतिक्रिया