काठमाडौं, बुधवार दुई अलग-अलग कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।
नागरिक लगानी कोषको २७ लाख कित्ता बोनस शेयर र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १५ लाख ६ हजार ६ दशमलव १५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
स्वावलम्बन लघुवित्तले गत चैत ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १९.००५६ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
त्यसैगरी नागरिक लगानी कोषले असार १८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ९ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
प्रतिक्रिया