नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल बिहीबार, ५१ सय टिकट बिक्यो

४ बर्ष अगाडि

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भारतविरुद्धको खेल जित्नकै लागि खेल्ने बताएका छन् । 

प्रशिक्षक अलमुताइरीले भारतविरुद्ध उत्कृष्ट प्रदर्शनका साथै जित्नकै लागि खेल्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बताए। उनले नेपाल भन्दा भारत निकै बलियो भए पनि इतिहासलाई नहेरी भविष्यका लागि खेल्ने बताए । 

उनले भारतविरुद्ध नेपालको विगतमा राम्रो नतिजा नभए पनि त्यसले खासै असर नपर्ने जानकारी दिए । भविष्यलाई ध्यानमा राखेर तयारीसमेत गरिरहेको र दुवै खेलमा जित हासिल गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।  

नेपालले हालसम्म भारतसँग १९ खेल खेलेको छ । त्यसमा भारतले १३ खेल जित्दा नेपालले दुई खेल मात्रै आफ्नो पक्षमा पारेको छ । त्यस्तै नेपाल र भारतीचका चार खेल बराबरीमा सकिएको इतिहास छ ।
    
त्रिपुरेश्वरस्थित दशरथ रङगशालामा भोलि नेपालले भारतसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । खेल साझ ५ः३० बजे सुरु हुनेछ । त्यस्तै नेपालले भारतसँग दोस्रो मैत्रीपूर्ण खेल यही भदौ २० गते खेल्नेछ  ।
    
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसगँ मैत्रीपूर्ण खेल खेल्न लागेको हो । साफ च्याम्पियनसिप आगामी असोज १५ देखि ३० गतेसम्म हुनेछ । प्रशिक्षक अलमुताइरीले आफनो टोलीेको मुख्य लक्ष्य पनि साफ च्याम्पियनसिप नै भएको बताए । 

 यस्तै नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगिताका लागि ५१०० वटा टिकट बेचिने एन्फाले जानकारी दिएको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले ५१०० टिकट बेचिने जानकारी दिए । स्वास्थ्य मन्त्रालय र फिफाको प्रोटोकल पूर्ण पालना गर्दै कोरोना महामारीकाबीच पनि दर्शकसहित खेल खेलाउने जानकारी अध्यक्ष शेर्पाले बताए ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया