काठमाडौं, बुधबार नेपाल स्टक एक्सेन्च (नेप्से)मा कारोबारको तीन घण्टामा अरुण भ्याली हाइड्रोपावरको ६ लाख ३४ हजार बढी कित्ता शेयर खरिदबिक्री भएको छ ।
सो अवधीसम्म कम्पनीको ६ लाख ३४ हजार २८७ कित्ता शेयर खरिदबिक्री भएको छ । सो कित्ता शेयर खरिदबिक्री हुदाँँ ४ करोड ४ लाख बराबरको शेयर कारोबार भएको छ ।
यस्तै, शेयरमुल्य भने ०.४१ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु. ७३४ पुगेको छ । मार्केट डेपमा कम्पनीको ३ लाख ३३ हजार ९२९ कित्ता शेयर खरिदमाग भएको छ भने १ लाख ६४ हजार २६४ कित्ता बिक्री माग भएको हो ।
प्रतिक्रिया