सिनर्जी पावर डेभलपमेन्टको साधारण सभा भदौ १८ गते, १० प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद शेयर प्रस्ताव

४ बर्ष अगाडि

काठमाडौं, सिनर्जी पावर डेभलपमेन्टले भदौ १८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय बालुवाटार काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभा जुम एपमार्फत भर्चुअल प्रविधिबाट हुने कम्पनीले जनाएको छ । 

कम्पनीको साउन २४ गते बसेको सञ्चालक समिति बैठकले निर्णय गरे बमोजिम सभामा १०५ बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने र ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पेश हुन लागेको हो ।

साथै, उक्त बोनसपछि कायम हुने चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । सिनर्जीले हाल कायम चुक्ता पुँजी ७३ करोड ३२ लाख ५० हजार रुपैयाँको १० प्रतिशत बोनस प्रस्ताव गरेको हो । उक्त बोनसपछि यसको चुक्ता पुँजी ७९ करोड ६५ लाख ७५ हजार रुपैयाँ पुग्नेछ । सोही पुँजीको ५०५ हकप्रद जारी हुनेछ । हकप्रद भने साधारण सभाले पारित गरी नियामक निकायबाट स्वीकृति पाएपछि मात्र जारी हुनेछ ।
 
साधारण सभा प्रयोजनका लागि सिनर्जीले भदौ ४ गतेदेखि १८ गतेसम्म बुक क्लोज गरेको छ । भदौ ३ गतेसम्म कायम रहेका सेयरधनीले मात्र प्रस्तावित १० प्रतिशत बोनस सेयर पाउनेछन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया