काठमाडौं - आन्तरिक उडानका यात्रुले अब फेस सिल्ड लगाउन नपर्ने भएको छ । यद्यपि, स्वास्थ्य सुरक्षाका लागि मास्कको अनिवार्य प्रयोग भने यथावत राखिएको छ ।
कोरोनाको दोस्रो लहर नियन्त्रण गर्न लगाइएको निषेधाज्ञापछि खुलेको आन्तरिक उडान संचालनको दुई महिनापछि यात्रुलाई अनिवार्य गराइएको फेस सिल्डको प्रयोग हटाइएको हो ।
निजी वायुसेवा कम्पनी बुद्ध, यती, श्री लगायत विभिन्न आन्तरिक वायुसेवा कम्पनीले बुधबारदेखि यात्रुका लागि अनिवार्य फेस सिल्डको प्रयोग हटाएका हुन् ।
नियमित उडान गर्दै आएका विभिन्न आन्तरिक वायुसेवा कम्पनीले एक साताअघि देखि फेस सिल्ड प्रयोग बन्द गर्नका लागि नागरिक उड्डयन प्राधिकरणलाई अनुरोध गर्दै आएका थिए ।
प्राधिकरणबाट मौखिक रुपमा फेस सिल्ड प्रयोग हटाउँदा फरक नपर्ने जानकारी आएसँगै आजदेखि फेस सिल्ड प्रयोग हटाएको होे ।
प्रतिक्रिया