अपि पावरको लाभाशं सुरक्षित गर्ने भोलि अन्तिम मौका, ३९.३६ प्रतिशत हकप्रद शेयर निष्कासन प्रस्ताव

४ बर्ष अगाडि

काठमाडौं- अपि पावर कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि (बिहीवार) अन्तिम दिन रहेको छ । 

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १०.५ प्रतिशत बोनस शेयर र ०.५५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । 

साथै कम्पनीले १०.५ प्रतिशत बोनस शेयर वितरण पछि कायम चुक्तापूँजीको ३९.३६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि गरेको छ ।

उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी भदौ २५ गते साधारण सभा आयोजना गर्न लागेको हो । कम्पनीले सभा प्रधान कार्यालय ट्रेडटावर थापाथलीमा बिहान ११ बजे गर्ने जानकारी गराएको छ । 

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका भदौ १८ गते देखि २४ गतेसम्म बन्द गर्ने भएसँगै बिहीवारसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन सक्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया