काठमाडौं, ङादी ग्रुप पावर लिमिटेडको बोनस शेयर सुरक्षित गर्ने भोलि (बिहीवार) सम्म अन्तिम दिन रहेको छ ।
कम्पनीले लाभांश वितरण प्रयोजन र साधारण सभा प्रयोजनको लागि आगामी भदौ १८ गते बुक क्लोज गरेसँगै बिहीवारसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।
कम्पनीले आव २०७७र ७८ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र १.०५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । साथै कम्पनीले २० प्रतिशत बोनस शेयर वितरण पछि कायम चुक्तापूँजीको २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने पनि प्रस्ताव गरेको छ ।
प्रतिक्रिया