इसेवा प्रयोग गरी ९० लाख चोरियो, प्रविधिमा पनि भएन सुरक्षा

७ बर्ष अगाडि

काठमाडौं – इसेवा, ई–बैकिङ, मोबाइल बैकिङ प्रयोग गरी करिव राष्ट्रिय वाणिज्य बैंकबाट करिब ९० लाख रूपैयाँ चोरी गर्ने व्यक्तिलाई प्रहरीले समातेको छ ।

इसेवा लगायत इबैकिङ प्रणालीको दुरुपयोग गरेको अभियोगमा प्रहरीले काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–१३ पेप्सीकोला बस्ने ४९ वर्षीय सञ्जयकुमार श्रेष्ठलाई पक्राउ गरेको हो ।

राष्ट्रिय वाणिज्य बैकको मुख्य शाखा कार्यालय, विशालबजारमा यूएसडी खाता खोली ई–सेवा, ई–वैंकिङ, मोबाइल वैंकिङ लगाएत वालेट विद्युतीय उपकरणहरुको प्रयोग गरी उनले बैकिङ्ग प्रणालीको दुरुपयोग गरेको अनुसन्धानबाट खुलेको छ ।

आफ्नो यूएसडी खातामा अनधिकृत रुपमा ७८ हजार ३८० अमेरिकी डलर रकम जम्मा गरी भुक्तानी लिन एटीएम तथा पीओएस मेशिन प्रयोग गर्ने कार्यमा उनी संलग्न रहेको प्रहरीले जनाएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया