काठमाडौं - बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले २२ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा रकम गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ६०.८४ प्रतिशतले थोरै हो ।
कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरणले यस्तो देखाएको हो । विवरण अनुसार गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ६४ लाख १४ हजार रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको विद्युत बिक्री आम्दानी पनि घटेको छ । कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी ५ करोड ९७ लाख ५८ हजार रुपैयाँमा सीमित भएको छ । उक्त आम्दानी २९.६९ प्रतिशतले थोरै हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ८ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
प्रसारण लाइनका कारण आयोजना पूर्ण क्षमतामा चल्न नपाएकोले कम्पनीको आम्दानी घटेको कम्पनीले जनाएको छ । त्यसैगरी, हाल कम्पनीको चुक्ता पुँजी २६ करोड ७९ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको जगेडा कोषमा ५० लाख २४ हजार रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिसेयर आम्दानी ९६ पैसा रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ ८८ पैसा रहेको छ ।
प्रतिक्रिया