काठमाडौं - आज प्रि-ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंक बढेको छ । मंगलबार ६९.०५ अंक घटेर २९७५.८४ विन्दुमा झरेको नेप्से, यस दिन सो सेसनमा १.४५ अंक बढेर २९७७.२९ विन्दुमा पुगेको हो ।
उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स ०.११ अंक घटेको छ । प्रि-ओपन सेसनमा ३० कम्पनीको शेयर खरिदबिक्री भएको छ ।
जसमध्ये १० कम्पनीको शेयरमूल्य बढेको छ भने ९ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ११ कम्पनीको शेयर यस दिन सो सेसनमा स्थिर रहेको छ।
प्रतिक्रिया