वैदेशिक रोजगारमा जान लागेका र फर्किएकालाई लक्षित गरी आप्रवासन कक्ष सञ्चालन

४ बर्ष अगाडि

काठमाडौं - वैदेशिक रोजगारमा जान लागेका र फर्किएकाहरुलाई लक्षित गरी बेनीमा आप्रवासन सहायता कक्ष सञ्चालन गरिएको छ । सुरक्षित आप्रवासन परियोजनाअन्तर्गत रिड नेपाल नामक संस्थाको सहयोगमा म्याग्दी सामुदायिक पुस्तकालयले कक्ष सञ्चालनमा ल्याएको हो ।

वैदेशिक रोजगारसम्बन्धी परामर्श र समस्याको सहजीकरणका लागि पुस्तकालयको भवनमै उक्त कक्षा सञ्चालन गरिएको अध्यक्ष सन्तोष रावलले जानकारी दिए । गत वैशाख महिनादेखि सञ्चालन ल्याइएको कक्षमा हालसम्म ५०० भन्दा बढीले परामर्शलगायत विभिन्न सेवा पाएका छन् । कक्ष सञ्चालन गर्न पुस्तकालयले एक कर्मचारी नियुक्त गरेको छ । 

वैदेशिक रोजगारमा जाने धेरैले परामर्श गर्ने भएकाले कक्ष प्रभावकारी बनेको कर्मचारी कमला पौडेलले बताइन् । सहायता कक्षमा वैदेशिक रोजगारसम्बन्धी उपयोगी पुस्तक, पर्चालगायत अध्ययन सामग्रीे छ । 

विसं २०६८ को जनगणनाअनुसार जिल्लाका २५ हजारभन्दा बढी नागरिक रोजगारीका लागि विश्वका विभिन्न देशमा गएका देखिन्छ । यो संख्या र कानुनी प्रक्रिया पूरा गरेर वैधानिक बाटो भई विदेश जानेको हो । 

पछिल्लो समय अवैध बाटो भएर, धेरै खर्च र जोखिम मोलेर अमेरिकालगायत युरोपेली मुलुक जाने क्रम बढेको बताइन्छ । उनीहरुले वार्षिक रु पाँच अर्बको हाराहारीमा विप्रेषण पठाउने गरेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया