काठमाडौं - नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ कार्यसमितिको निर्वाचन आगामी असोज पहिलो हप्ता गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ ।
संघले वर्तमान कार्यसमितको कार्यकाल आगामी असोज ७ गते समाप्त हुने जानकारी गराउँदै निशेधाज्ञाको अवधिमा पनि संघको विधानको दफा २४ अनुसार नयाँ कार्यसमितिको गठन वार्षिक साधारण सभा र निर्वाचनमार्फत गर्नुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई साधारणसभाको बारेमा निकासा माग्दै निवेदन दिएको थियो ।
संघको उक्त निवेदनमा कारबाही गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल सरकारबाट कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको जनस्वास्थ्य तथा सुरक्षा मापदण्डको पूर्ण पालना हुने गरी भौतिक तथा सामाजिक दुरीसमेत कायम गरी निर्वाचनसहितको साधारणसभा गर्न अनुमति दिएको हो ।
प्रतिक्रिया