एजेन्सी - पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो युभेन्ट्सबाट गत साता इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड फर्किएसँगै उक्त क्लबको शेयरमूल्य आकाशिएको छ ।
म्यानचेस्टर युनाइटेड बजार पूँजीकरणका आधारमा स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत सबैभन्दा ठूलो फुटबल क्लब हो । यो एक प्रख्यात फुटबल क्लब हो ।
यसले एकचोटि एशियाली फ्यानहरुका लागि भनेर सिंगापुरमा सूचीकरण गर्ने विचार गरेको थियो । तर, अन्त्यमा यसले न्यूयोर्कमा सूचीकरण गर्ने निर्णय गर्यो ।
पछिल्लो कारोबार अनुसार यसको कुल बजार पूँजीकरण २.८५ बिलियन डलर छ । सोमबार यसको शेयरमूल्य ४.१० प्रतिशत घटेर १७.५४ डलरमा झरेको थियो । पछिल्लो वित्तीय विवरण अनुसार क्लबको हालको आम्दानी ०.६८ बिलियन डलर थियो ।
२०२० मा क्लबले ०.६९ बिलियन डलर कमाएको थियो जुन २०१९ मा ०.८३ बिलियन डलर थियो । नेपाली धितोपत्र बजारमा वास्तविक क्षेत्रका कम्पनीहरु सूचीकृत हुन नसकेको सन्दर्भमा अन्तरराष्ट्रिय बजारमा फुटबल क्लब पनि सूचीकृत छन् ।
प्रतिक्रिया