अपाङ्गतालाई आईपीओमा १० प्रतिशत हिस्सा छुट्याउन माग

४ बर्ष अगाडि

काठमाडौं - अपाङ्गता भएका व्यक्तिहरूलाई साधारण सेयर (आईपीओ)मा १० प्रतिशत हिस्सा छुट्याउन माग गरिएको छ ।

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर रामेछापका आङ छोङ्बा शेर्पाले अपाङ्गता भएका व्यक्तिहरूलाई आईपीओमा १० प्रतिशत हिस्सा छुट्याएर सुनिश्चितता गर्न माग गरेका हुन् । 

उनले सामूहिक लगानी कोष र कर्मचारीहरू छुट्याइने जसरी नै अपाङ्गता भएका व्यक्तिहरूलाई पनि छुट्याइनुपर्ने माग गरेका छन् ।

आफूले उमेरमै आईपीओको बारेमा जानकारी नपाएको भएतापनि आधा उमेर बितेपछि यस बारेमा बुझेर सबै अपाङ्गता भएका व्यक्तिहरूका लागि केही गर्न खोजेको उनको तर्क छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया