नक्कली अन्तःशुल्क स्टिकर उत्पादन गर्ने गिरोहका नाइके राजस्व विभागको नियन्त्रणमा

४ बर्ष अगाडि

काठमाडौं - आन्तरिक राजस्व विभागले धनगढी आन्तरिक राजस्व कार्यालयको सहयोगमा नक्कली अन्तशुल्क स्टिकरको उत्पादन वितरण तथा पैठारी गर्ने गिरोहका नाइकेहरुलाई नियन्त्रणमा लिएको छ । राजस्व कार्यालय धनगढीले नक्कली अन्तःशुल्क स्टिकरको कारोबार गर्दै आएका हर्केष सिंह र संग्राम साउदलाई नियन्त्रण लिएको हो ।

उनीहरुले अन्तःशुल्कको नक्कली स्टिकर भारतमा उत्पादन गर्ने र नेपाल ल्याई विभिन्न ट्रान्सपोर्ट मार्फत वितरण गर्ने कार्यमा सक्रिय रहेको विभागका एक अधिकारीले बताए । उक्त गैर कानुनी क्रियाकलापमा संलग्न दुबै अभियुक्तलाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा पठाएको ती अधिकारीको भनाई छ ।

सिंह र साउद आफैले सञ्चालन गरेको वेष्टर्न लिकर्स मसुरिया कैलाली मार्फत पनि नक्कली स्टिकरको प्रयोग गरी कारोबार गरेको भेटेपछि विभागले निगारीमा राखेको थियो । निज अभियुक्तहरुलाई अन्तःशुल्क ऐन २०५८ अनुसार कारबाही हुनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया