अनलाइन बजार दराजले ग्राहकहरुको लागी अनलाइन शपिंग अझ सुविधाजनक बनाएको छ । आईएमई पेसंग साझेदारी गरी देशका बिभिन्न भागहरुमा नयाँ ड्रप अफ पोइन्ट्सहरु प्रारम्भको दराजल घोषणा गरेको छ ।
यस साझेदारीको माध्यमबाट, चयन आईएमई पे हब दराज ग्राहकहरुको लागी ड्रप अफ पोइन्ट्सको रूपमा कार्यमा आउने छ र सामान रिटर्नको लागि सुविधा प्रदान गर्नेछ । ग्राहकहरु अब केवल आफ्नो निकटतम आईएमई पे हबमा गएर कुनै पनि उत्पादनहरु सजिलैसंग फिर्ता गर्न सक्नेछन् ।
दराज जस्तै ई–वाणिज्य र आईएमई पे जस्तो फिनटेक कम्पनी बिच यस हिसाबको साझेदारी नेपालमा पहिलो पटक भएको दराजले जनाएको छ। यस साझेदारीको उदेस्य भने ग्राहकहरुलाई अनलाईन डिजिटल प्लेटफर्मको प्रयोग गर्न अतिरिक्त कारणहरु पेश गर्नुको साथ साथै ई–वाणिज्य इकोसिस्टमलाई अझै माथि बढ्न मद्दत गर्नु पनि हो।
दराजको हब बाहेक, ग्राहकहरु अब उपत्यका भित्र र बाहिर स्थित चयन आईएमई पे हबहरुमा गई आफ्नो प्याकेज फिर्ता गर्नको लागि छोड्न सक्नेछन्। स्थान विवरण निम्नानुसार छनः
बज्र सब रेमिटस् जोरपाटी , काठमाडौँ
हेलो हाई कनेक्सनस् जावलाखेल, ललितपुर
सिम्पल सब मनि ट्रान्सफरस्– कोटेश्वोर, काठमाडौँ
पीबी ट्राभल्स एंड टुर्स स् बुद्ध चोक, पोखरा
सामभावी ट्रेडर्सस् बैंक अफ काठमाडौँ , बिराटनगर
नीऊ बीरगञ्ज मनि ट्रान्सफरस् भानु चोक , बीरगञ्ज
यसै गरि, ग्राहकहरुले दराज एप मार्फत सामान फिर्ता गर्ने क्रममा दुई विकल्पहरुको चयन गर्न पाउने छन्। पहिलो विकल्प भने ग्राहकहरुले दराजको डेक्स राईडरलाई बोलाई आफ्नो सामान फिर्ता दिएर पठाउन सक्नुहुन्छ भने दोस्रो विकल्प इच्छुक ग्राहकहरु आफै ड्रप अफ पोईण्टमा गई सामान छोड्न सक्नुहुन्छ। येदि दोस्रो विकल्प छनौट गरि ड्रप अफ पोईण्टमा गए, ग्राहकहरुलाई फ्रन्ट डेस्क अपरेटरले सामान फिर्ता गर्ने प्रक्रियाहरुको सबै जानकारी दिनेछ ।
प्रतिक्रिया