३० लाख सहित  हुण्डी कारोबारमा संलग्न  २ जना पक्राउ

४ बर्ष अगाडि

काठमाडौँको कुलेश्वरबाट प्रहरीले हुण्डी कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । महानगरपालिका–१४ कुलेश्वरस्थित फलफूल बजारबाट ३० लाख ७ हजार रुपैयाँसहित मंगलबार दुई जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

पक्राउ पर्नेहरूमा काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भएका फलफूल व्यवसाय गर्ने मीनप्रसाद गौतम र रमेश तिमिल्सेना  छन् । कुलेश्वर फलफूल बजारको स्टल नम्बर–१८ मा रहेको गौतमको फलफूल पसलका कामदार हुन् तिमिल्सेना ।

हुण्डी कारोबारको सुराकको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया