नेपालमा पछिल्लो २४ घण्टामा १६ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआर र एन्टीजेन मार्फत १२ हजार २२२ जनाको कोरोना परिक्षण गर्दा १६ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ८ लाख ४६ हजार नाघेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण २० जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० हजार ७५० पुगेको छ ।
यस्तै सोही अवधिमा १७ सय ८६ जना कोरोना मुक्त भएका छन् ।यो सँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ७ लाख १६ हजार ३०६ पुगेको छ ।
नेपालमा हाल ३५ हजार ५९१ सक्रिय संक्रमित रहेका छन् । २४ घण्टामा देशभरि ८५ हजार १२८ जनाले कोरोना खोप लगाएका छन् ।
प्रतिक्रिया