कोरोना संक्रमण र मृत्युदर बढेपछि काभ्रेमा १० दिने निषेधाज्ञा जारी

४ बर्ष अगाडि

कोरोना संक्रमण र मृत्युदर बढ्न थालेपछी  काभ्रेपलाञ्चोकले  जिल्लामा निषेधाज्ञा जारी गरेको छ । काभ्रेले भदौ १५ गते राती १२ बजे बाट लागू हुने गरी मिक्स लक डाउन जारी गरेको हो । 
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले एक विज्ञप्ति जारी गर्दै भदौ २५ गते सम्म (१०) दिन निषेधाज्ञा जारी गरेको हो । 

लकडाउन अवधिमा अत्यावश्यक बाहेक हिँडडुल, सबै प्रकारका भेला, गोष्टि, जुलुस, सिनेमा हल, रेष्टुरेन्ट, क्लब, पार्टी प्यालेस, सैलुन, पार्रल, जिमखाना , भिडभाड हुने कार्य, विवाह, ब्रतबन्ध र सामूहिक सांस्कृतिक कार्यक्रम गर्न पाइने छैन, आयोजना गर्दा २५ जना भन्दा धेरै भेला हुन पाइने छैन । पसलहरू भने बिहान ६ बजे देखि बेलुका ८ बजेसम्म खोल्न पाइने छ । 

तोकिए भन्दा बाहेकका क्षेत्रमा तरकारी तथा फलफूल बेच्न पाइने छैन भने, प्रविधिको पहुँच भएका विद्यार्थीलाई अनलाइन कक्षा र नभएकालाई स्वास्थ्य मापदण्डको पालना गरी ५० प्रतिशत शिक्षकको उपस्थितमा शिक्षण सकाइलाई निरन्तरता दिन पाइने । 

सवारी साधनको हकमा भने सीट क्षमता भन्दा बढी यात्रु राख्न नपाइने, ढुवानी गर्ने साधनहरू साँझ ७ बजेदेखि बिहान ६ बजे सम्म सञ्चालन गर्न पाउने विज्ञप्तिमा उल्लेख छ । 

 
 

४ बर्ष अगाडि

प्रतिक्रिया