भुटानका ब्याट्सम्यान ललितपुर प्याट्रियट्समा अनुबन्धित, इपिएल विजेताले ५० लाख पाउने

४ बर्ष अगाडि

भुटानका ब्याट्सम्यान रानजंग मिक्यो दोर्जीले ललितपुर प्याट्रियट्सबाट चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन्।

ललितपुरले मंगलबार दोस्रो विदेशी खेलाडीका रूपमा दोर्जीलाई अनुवन्ध गरेको जानकारी दिएको हो । 

यसअघि उसले इंग्ल्यान्डका एलेक्स ब्लेकलाई टिममा भित्र्याएको थियो । दोर्जी इपिएल खेल्ने पहिलो भुटानी खेलाडी हुन् । 

आगामी आसोज ९ देखि २३ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीको सहभागिता रहने छ । 

यस्तै इपिएल को विजेताले पाउने पुरस्कार राशिमा वृद्धि भएको छ । मंगलबार आयोजकले विज्ञप्तिमार्फत पुरस्कार राशि वृद्धि गरेको जानकारी गराएको हो ।

प्रतियोगिताको विजेताले पाउने पुरस्कार बढाएर ५० लाख रुपैयाँ पुर्याइएको छ । यस्तै, उपविजेताले १५ लाख रुपैयाँ पाउने छन् । नेपाली क्रिकेटमा कुनै पनि प्रतियोगिताको विजेताले पाउने यो अहिलेसम्मकै ठूलो राशि हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया