५ हाइड्रो कम्पनीसहित ८ कम्पनीको १ अर्ब ४३ करोड आइपीओ पाइपलाइनमा, कुन कम्पनीको कति कित्ता ?

४ बर्ष अगाडि

काठमाडौं, आइपीओ निष्कासनका लागि ५ हाइड्रो कम्पनी सहित ८ कम्पनीले आइपीओ जारी गर्न पालो पर्खिरहेका छन् । 

नेपाल धितोपत्र बोर्डका अनुसार ५ हाइड्रोपावर कम्पनी र तीन वित्तिय संस्था गरी ८ कम्पनीको रु. १ अर्ब १४ करोड बढी आइपीओ निष्कासनको पाइपलाइनमा रहेको छ ।

कुन कम्पनीको कति कित्ता ?

प्रक्रियामा रहेका थ्रि स्टार हाइड्रोपावर कम्पनीको रु.१२ करोड ३१ लाख २५ बराबरको १२ लाख ३१ हजार २५० कित्ता शेयर आइपीओ बिक्री खुला गर्न पालो पर्खिरहेको लाइनमा छ । आईपिओ निष्कासनका लागि कम्पनीले गत साउन १७ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो । कम्पनीको बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ ।
 
अर्को गत साउन १३ गते धितोपत्र बोर्ड निवेदन रिर्भर फेल्स पावरले आइपीओ निष्कासनका लागि  पालो पर्खिरहेको छ । कम्पनीले रु.३४ करोड ३० लाख बराबरको ३४ लाख ३० हजार कित्ता शेयर निष्कासन गर्ने भएको हो । कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

यस्तै, अपर हेवाखोला हाइड्रोपावर कम्पनीले रु.२० करोड बराबरको २० लाख कित्ता शेयर आइपीओ बिक्री खुला गर्न पालो पर्खिरहेको रहेको छ । कम्पनीले आईपिओ निष्कासनका लागि गत जेठ २ गते आवेदन पेश गरेको हो । कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

सयपत्री हाइड्रोपावरले ९ करोड बराबरको ९ लाख कित्ता आईपीओ निष्कासनको अनुमति माग्दै गत वर्षको फागुन २० गते धितोपत्र बोर्ड निवेदन दिएको थियो । कम्पनीको बिक्री प्रबन्धक एनएलबिएल क्यापिटल रहेको छ । 

त्यस्तै, आईपीओ निष्कासनको पाालो पर्खिरहेको लाइनमा अपर सोलु हाइड्रोपावर पनि रहेको छ । यो कम्पनीले ३३ करोड ७ लाख ५० बराबरको ३३ लाख ७ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्न पालो पर्खि रहेको छ । यो कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै गत वर्षको चैत १६ गते बोर्डमा निवेदन दिएको थियो । कम्पनीको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

यसैगरी लघुवित्त अन्र्तगत नेष्डो समृद्ध लघुवित्त, जल्पा सामुदायिक लघुवित्त र उपकार लघुुवित्तले आईपीओ निष्कासनको पालो कुरिरहेका छन् । नेष्डो समृद्ध लघुवित्तले ८ करोड २८ लाख ७५ हजार बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासनका लागि गत असार ६ गते आवेदन पेश गरेको हो । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेका छन् ।

जल्पा सामुदायिक लघुवित्तले ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासनको अनुमति माग्दै गत असार २० गते धितोपत्र बोर्ड निवेदन दिएको थियो । कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । 

यसैगरी, उपकार लघुवित्तले २ करोड ६६ लाख बराबरको २ लाख ६६ हजार कित्ता आईपीओ निष्कसानको पालो पर्खिरहेको छ । कम्पनीले गत साउन १३ गते आईपीओ निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्ड पुगेको छ । कम्पनीको बिक्री प्रबन्धक नेपाल एसबिआई क्यापिटल रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया